आकाशबाट खसेको अनौठो ढुङ्गाको अनुसन्धानपछि खुल्यो यस्तो रहस्य


 

एजेन्सी। पृथ्वीमा समय समयमा अनौठो घट्नाहरु घटिरहेका हुन्छन्। कतिपय चकित पार्ने हुन्छन् भने कतिपय सामान्य हुन्छन्। अहिलेको आधुनिक समयमा वैज्ञानिकहरुले पृथ्वी र पृथ्वी बाहिरको विभिन्न कुराहरुको अध्ययन तथा खोज गरिरहेको छ।

पृथ्वीभित्र र बाहिर हुने साना–साना प्राकृतिक घट्नाहरु पनि वैज्ञानिकहरुका लागि निकै महत्वपूर्ण हुन्छ। यसै क्रममा भारतको बिहारस्थित मधुबनीमा एउटा रोचक घटना घटेको छ।

भारतीय एक संचार माध्यम पत्रिका नामक अनलाइनमा आकाशबाट मधुबनी भन्ने ठाउँमा ढुङ्गा खसेको समाचार प्रकाशन गरिएको छ। उक्त संचार माध्यमका अनुसार १५ किलो तौल रहेको उक्त ढुङ्गा जमिनमा खस्दा त्यहाँको जमिन तातिएको थियो।

पछि ढुङ्गालाई प्रशासनले अनुसन्धानको लागि लगेको र चेकजाँच गर्दा ढुङ्गामा फलामको अवशेष फेला परेको बताइएको छ। चुम्बक अगाडि लग्दा ढुङ्गामा टासिन गएको समाचारमा उल्लेख गरिएको छ। साथै सो ढुङ्गा अर्को ग्रहको टुक्रा वा उल्का पिण्ड हुन सक्ने समेत अनुमान गरिएको छ। प्रशासनले लानु अघि ढुङ्गालाई त्यहाँका गाउँलेले फूल चढाएर पूजा समेत गरेको जनाइएको छ।

अन्तिम पटक अपडेट गरिएको : April 28th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु