‘पावरको अभ्यास गर्न र धन कमाउन राजनीति गर्नेहरु रहुन्जेल जनताले सुख पाउँदैनन’


 

काठमाडौं : पछिल्लो दुई सातामा तीन जना सांसद प्रहरी निउन्त्रणमा परे । एक जनालाई नियन्त्रण गर्न अदालतले आदेश दिएको छ । राजनीतिको आडमा अ पराध अनि अ पराध लुकाउन राजनीति गर्ने प्रचलन यहाँ छर्लङ देखिएको छ । यो दल, उ दल होइन अपराधमा संलग्न र राजनीतिको आडमा अ पराध गर्नेहरु प्रायःसबै दलमा छन् । कार्टुनिष्टद्वय बासु क्षितिज र रवि मिश्रका कार्टुनहरु नियाल्नुहोस् ।

रवि मिश्रको कार्टुनले सांसद जस्तो देखिने मानिसलाई समात्दै प्रहरीले भनेको छ, ‘अ पराध गरिनस् भनेर कसरी पत्याउने ? त्यस्तै बासु क्षितिजको कार्टुनले त थप केही बोल्नै नपर्ने गरी सबै बताएको छ । निर्वतमान सभामुख कृष्णबहादुर महरा सांसद सचिवालय की महिला कर्मचारीलाई ज बर ज स्ती क रणी प्रयासको आ रोपमा हिरासतमा छन् । रौतहट–२ का कांग्रेस सांसद मोहम्मद अफ्ताब आलम २०६४ सालमा भएको विस्फोटमा घा इते भएकालाई इट्टा भट्टामा जि उँदै ज ला एर ज्या न लिएको आ रोपमा प्रहरी निय न्त्रणमा परेका छन् ।

त्यस्तै राजपा नेपालका नेता सांसद प्रमोद शाह हवाई उडान ऐन वि परित काम गरेकाले ४ दिन थुनामा बसे । नेकपा नेता, सांसद पर्वत गुरुङ वि रुद्ध ज्यान मा र्ने उद्योग सम्बन्धि मु द्धामा प क्राउपू र्जी जारी भएको छ। सांसदहरु अपारधिक क्रियाकलापमा लागे को पाइएको घ टना धेरै छन् । कैलाली ५ बाट प्रतिनिधि सभामा विजयी नारदमुनी रानामाथि कुटनीतिक राहदानी दुरुपयोग र भ्र ष्टाचार गरेको अभियोगको मु द्धा सर्वोच्च अदालतमा विचाराधीन छ ।

अर्का सांसद रेशमलाल चौधरी डिल्लीबजार का रागारमा छन् । जनकपुरमा ५ जनाको ज्यान जाने गरी गरिएको प्रकरणमा दो षी पूर्व सांसद तथा पूर्व राज्य मन्त्री संजय शाह आजीवन कै द भोग्दै छन् । अर्का पूर्वमन्त्री श्यामसुन्दर गुप्ता अपहरण मु द्धामा १० बर्ष कैद सजाय भोग्दै छन् । यस बाहेक पैसा खर्च गरेर राजनीतिमा प्रवेश गरेको कालो धन बचाउन र पचाउन राजनीतिमा छिरेकाहरुको नालिबेली निकाल्ने हो भने स्पस्ट थाहा हुन्छ, कि यो मुलुकको विकास, न्याय शान्ति, सुरक्षा कसले लु ट्यो भनेर ?

राजनीतिमा अ पराधि, अ पराधलाई राजनीतिकरण र पैसाको बिटोमा चुनावी टिकटको विक्री वितरण, त्यो पनि खुलम खुल्ला ! देश ब र्बाद हुन अरु थप के नै चाहिन्छ र ? दुई वटा कुरा गरौं, एउटा पैसा कमाउन राजनीति र अर्को पैसा कमाएपछि राजनीति । देशका संवैधानिक निकायहरुमा नै राजनीतिक नियुक्ति प्रष्ट छ । न्यायालय, अख्तियार, निर्वाचन आयोग, मानवअधिकार आयोग, सबैमा राजनीतिक भा गबण्डा नै हो ।

जनताको सेवा गरेर, सत्य निष्पक्ष काम गरेर प्रगति हुँदैन, सबलाई थाहा छ । धन, दौलत, मान, प्रतिष्ठा, सरुवा, बढुवा निस्कने भनेकै दलको ढोकाबाट हो। फलानोलाई थुन्दे उ, हस हजुर ! फलानोलाई न थुन, होस हजुर ! पावरको एक्सरसाइज गर्न र धन कमाउन राजनीति गर्नेहरु रहुन्जेल जनताले सुख पाउँदैनन् । तीन पुस्ताले ह ड्डी घोटेर अर्बौंको लगानी गरेका उद्योगीका टाई र कट्टु समेत ऋणमा छ ।

तर, हिजो राजनीतिमा आएकाहरुको सम्पत्ति, विना लगानी ? विना रिस्क कति हो कति ! सोध्ने कसले ? खोज्ने कसले ? अनुसन्धान गरी फेरिफार गर्ने कसले ? त्यत्रो घर, जग्गा, शेयर हुने गरी कमाउनेले ट्याक्स चाँही कति तिरेका रहेछन् त ? कुनै अनुसन्धान अधिकारीसँग यस्तो आँट छैन । कसैले आँट गरिहाल्यो भने पनि त्यसको खैरियत छैन । अर्को पैसा हुनेहरुले गर्ने राजनीति ।

पैसा हुनेले राजनीतिनै गर्नुहुन्न भन्ने होइन, तर पैसाको विटो बोकेर आउनेलाई चुना वको टिकट दिदाको परिणामा स्वरुप नै राजनीतिक आवरणमा अ पराधहरु लुकेका छन् । बाटो, पुल, भवन त भनेको समयमा गतिलोसँग बनाउन नसक्नेहरु यो देशको नीति बना उँछु भनेर सांसद भएर आएका छन् । पैसा कमाउन राजनीतिमा आउने र पैसा कमाएर त्यही पैसा खर्च गरी राजनीतिमा आउने संस्कारले मुलुक विकासमा स्पिड ब्रेकरको काम गरेको जस्तोसुकै अपारधलाई पनि बचाइदिने कार्यकर्ताहरु भए सब पुग्ने रहेछ। अबको पुस्ता त्यो साउथ इन्डियन फिल्मको जस्तो वि कृत राजनीति चाहँदैन ।

जनकपुरमा बुद्ध एयरका स्टेशन म्यानेजरलाई हातपात गर्ने सांसद । (टोपी लगाउने )

नेतालाई सरापेर मुलुक बन्ने पनि होइन । त्यसैले चुनावमा कुनै व्यक्ति लाई टिकट दिदा अब पनि विचार गर्ने हो भने पूराना–नयाँ कुनै दलको दलदलमा जनता भाँसिने छैनन् । र बाँकी कुरा देशका तीन शीर्ष नेता ज्यूहरुले आँट गर्नुप-यो । ओली, प्रचण्ड र देउवा लाई आँफै फसिन्छ भन्ने ड र भए बेग्लै कुरा तर सम्पत्ति शुद्धिकरणलाई पूरा अधिकार दिने हो भने राजनीतिबाट अ पराध तेल र पानी जस्तै छुिटन्छ ।

तपाईसँग जति नै पैसा र पावर भएपनि खाने यति नै हो । भोक धेरै लाग्दैमा थाल नै खान मिल्दैन क्यारे ! गाँठो फुकाआँै, प्रहरीलाई, अख्तियारलाई, सम्पत्ति सुद्धिकरणलाई आदेश होइन कानूनको पालना गर्न लगाऔं। होइन भने ती भवनहरुमा गाई पालन गरौं , कमसेकम कर्मचारीहरुलाई पोषिलो दुध दही घ्यू भएपनि मिल्छ । संकेत राम्रो देखिएको छ, तर यतिमा जुंगा मुठार्न मिल्दैन ।

प्रकाशित भएको : October 19th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु