राजनीति

“आफ्नो सुरक्षाको प्रत्याभूति भए हिन्दू धर्म मान्न तयार छु” – प्रचण्ड

“आफ्नो सुरक्षाको प्रत्याभूति भए हिन्दू धर्म मान्न तयार छु” – प्रचण्ड

Posted in राजनीति
काठमाडौं। ‘दोस्रो शक्तिशाली नेता’ को राजनीतिक दर्जामा रहेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सुरक्षाको प्रत्याभूति हुने भएमा वैदिक सनातन हिन्दू धर्म पुनस्थापना गर्दा आफूलाई कुनै आपत्ति नहुने बताएको खुलासा भएको छ । केही साता अघि नेपाल आएका भारतीय खुफिया एजेन्सी रअका प्रमुखसँगको भेटमा अध्यक्ष प्रचण्डले यस्तो धारणा व्यक्त गरेको भनी एक पूर्वमन्त्रीले खुलासा गरेका हुन् । नेपाली कांग्रेसका नेता एवं पूर्व कानून मन्त्री दीनवन्धु अर्यालले बिहीबार राति सगरमाथा टेलिभिजनसँगको कुराकानीमा यो कुराको खुलासा गरेका हुन् । पछिल्ला दिनमा प्रचण्डले सार्वजनिक सभाहरुमा व्यक्त गरेका अभिव्यक्तिले उनी ठूलै चिन्तामा परेको बुझ्नसकिने नेकपाका एक केन्द्रीय सदस्यले बताए । सपरिवार युएईको अत्याधुनिक सुविधा सम्पन्न होटलमा एकसाता बिताएर फर्केपछि उनमा यस्तो छटपटी देखिन थालेको उनको बुझाई छ । भारतीय गु
कक्षा ११ मा भर्ना भइन् नेकपा नेतृ शान्ता चौधरी

कक्षा ११ मा भर्ना भइन् नेकपा नेतृ शान्ता चौधरी

Posted in राजनीति
काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ तथा प्रतिनिधिसभा सदस्य शान्ता चौधरी ११ कक्षामा भर्ना भएकी छन् । यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तिर्ण गरेकी चौधरी काठमाडौंको बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा कक्षा ११ मा भर्ना भएकी हुन् । कक्षा ११ मा भर्नाका हुनका लागि चौधरी शुक्रबार विहान १० बजे नै रत्यराज्य मावि पुगेकी थिइन् । शान्तले दाङकै निलम थापाले पनि रत्नराज्य माविमा कक्षा ११ मा भर्ना गराएकी छन् । निलमको सम्पूर्ण पढाइ खर्च आफूले नै व्यहोर्ने शान्ताले जनाएकी छन् । ११ कक्षामा भर्ना भएकी शान्ताले आफ्नो कक्षगत रोल नम्बर ६२ रहेको जनाएकी छन् । केही समयअगाडी प्रकाशित भएको शान्ता चौधरीको समाचार एसईई पास भइन् शान्ता चौधरी : ल्याइन् २.६५ जीपीए दाङ : प्रतिनिधिसभा सदस्य तथा नेकपाका सचेतक पूर्वकमलरी शान्ता चौधरीले माध्यमिक शिक्षा परीक्षा (एसइई)
पूर्वराजासँग भेट गरेको पुष्टि गर नत्र माफी मागः उपप्रधानमन्त्री पोखरेल

पूर्वराजासँग भेट गरेको पुष्टि गर नत्र माफी मागः उपप्रधानमन्त्री पोखरेल

Posted in राजनीति
काठमाडौँ – उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहसँग आफूले भेट गरेको पुष्टि गर्न चुनौती दिएका छन् । अन्यथा नैतिकता भए माफी माग्न पनि उनले चेतावनी दिएका छन्। पोखरेलले निर्मल निवासमै गएर पूर्वराजा शाहसँग भेट गरेको विषयमा समाचार बाहिर आएको थियो । सामाजिक सञ्जालमा ट्विट गर्दै उपप्रधानमन्त्री पोखरेलले उक्त समाचार गलत रहेको दाबी गरेका हुन् । ‘निर्मल निवासमा पूर्वराजा ज्ञानेन्द्र शाहसित मैले भेट गरेको र षडयन्त्रका तानाबाना बुनेको सनसनीख़ेज़ र शतप्रतिशत गलत समाचार छाप्ने केही ठूला छापाहरू , अनलाइनहरू तथा त्यसैमा केन्द्रीत रही विश्लेषण गर्ने विश्लेषकहरू प्रति खेद व्यक्त गर्दछु। पुष्टि गर नभए नैतिकता छ भने क्षमायाचना गर’, मन्त्री पोखरेलले बिहीबार राति ट्विटरमा लेखेका छन् । निर्मल निवासमा पूर्व राजा ज्ञानेन्द्र शाहसित मैले भेट गरेको र षडयन्त्रका तानाबाना बुनेको सन
‘नेकपा पार्टी भ्रष्ट्रचारी र गुण्डाहरुको भर्ति केन्द्र जस्तै भयो’ : बालकृष्ण ढुङ्गेल

‘नेकपा पार्टी भ्रष्ट्रचारी र गुण्डाहरुको भर्ति केन्द्र जस्तै भयो’ : बालकृष्ण ढुङ्गेल

Posted in भिडियो, राजनीति
काठमाडौ । ओखलढुङ्गाका पूर्व सांसद तथा पूर्व माओवादी नेता हाल नेकपाका नेता बालकृष्ण ढुङ्गेल कुनै समय चर्चाको शिखरमा थिए। अहिले पनि उनको चर्चा र परिचर्चा उस्तै नै छ। दुई तिहाई बहुमत प्राप्त कम्युनिष्ट सरकार बनेको छ। एक समय जनताले भन्ने गरेका थिए कि देशमा विकास चाहने पार्टी नेकपा नै हो। तर पछिल्लो समय सरकारले गरेको कामप्रती जनता देखी आम नेता कार्यकर्ताहरु समेत सन्तुष्ट हुन सकेका छैनन् । के साच्चै नकपाको सरकार नेकपा पार्टी कमजोर भएकै हो ? सरकारले राम्रो सँग काम गर्न नसकेकै हो त? यो प्रश्न फरक प्रतीपक्ष राजनीति दल ले मात्र होईन नेकपाकै शिर्ष नेताहरुले पनि उठाँउदै आएका छन्। सशस्त्र यु*द्धकालमा स्थानिय भूवन भनिने उज्जन कुमार श्रेष्ठको हत्या अभियोगमा उनलाई सर्वोच्च अदालतले जेल हालेको थियो। उनि २०७५ जेठ १५ गते गणतन्त्र दिवसकै दिन राष्ट्रपतिले सजाय माफी दिएपछि उनी जेल मुक्त भएका थिए। Taja Video
नेकपाको कार्यालय सरकारी जग्गामा

नेकपाको कार्यालय सरकारी जग्गामा

Posted in राजनीति
साउन २१ – प्रमुख सत्तारुढ दल नेकपाले ‘सरकारी जग्गा भोगाधिकार र लिजसबन्धी कार्यनीति’ उल्लंघन गर्दै सरकारी जग्गा र त्यसमा बनेको भवनमा पार्टी केन्द्रीय कार्यालय सञ्चालन गरिरहेको छ । भोगाधिकार पाएको पासाङल्हामु पर्वतारोहण प्रतिस्ठानले धुम्बाराहीस्थित ३ रोपनी ७ आना २ पैसा सरकारी जग्गामा नेकपालाई पार्टी कार्यालय सञ्चालन गर्न दिएको हो । सरकारबाट भोगाधिकार प्राप्त निकायले आफूले पाएको जग्गा तेस्रो पक्षलाई भाडामा दिन पाउँदैन । नेकपाले प्रतिष्ठानसँग सम्झौता गरेर मासिक २ लाख २५ हजार रुपैयाँ भाडा तिरिरहेको पार्टी महासचिव विष्णुप्रसाद पौडेलले बताए । ‘सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउनेसम्बन्धी कार्यनीति २०७१’ अनुसार भोगाधिकार प्राप्त संस्थाले तेस्रो पक्षलाई सरकारी जग्गा दिए तत्काल जफत हुन सक्ने प्रावधान छ । कान्तिपुर दैनिकमा मातृका दाहालले समाचार लेखेका छन् ।
शुभकामनाका केही तस्बीरलाई लिएर मप्रति अन्यथा नबुझिदिनुस्ः मन्त्री भट्टराई

शुभकामनाका केही तस्बीरलाई लिएर मप्रति अन्यथा नबुझिदिनुस्ः मन्त्री भट्टराई

Posted in राजनीति
साउन, काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले बधाइ तथा शुभकामनाका क्रममा सार्वजनिक भएका केही तस्बीरलाई लिएर अन्यथा नबुझ्न अनुरोध गरेका छन । सामाजिक सञ्जाल मार्फत बधाइ तथा शुभकामनाका लागि अब समय उपलब्ध गराउन नसक्ने भन्दै मन्त्री भट्टराईले केही तस्बीरका बारेमा नकारात्मक टिकाटिप्पणी भएकोतर्फ संकेत गर्दै त्यस्तो नबुझ्न अनुरोध गरेका हुन । उनले भनेका छन ‘शुभकामना र बधाई दिने क्रममा सार्वजनिक भएका केही तस्विरहरुलाई लिएर मप्रति अन्यथा नवुझिदिनहुन सम्पूर्ण शुभेच्छुक महानुभावहरुमा हार्दिक अनुरोध गर्दछु ।’ मन्त्री भट्टराईले शुभकामना र बधाइको समय सकिएको भन्दै अव काम गर्न दिन आफ्ना सवै अगुवा तथा सुभचिन्तकलाई आग्रह गरेका छन । मन्त्रीको कार्यभार सम्हालेसँगै बधाई तथा शुभकामना दिन आउने सुभचिन्तक, आफन्त तथा पार्टीका नेता कार्यकर्ताले मन्त्रालय भरिभराउन हुने क्रम बढेपछि उ
पूर्वराजालाई चेतावनी दिएपछि कमल थापाले प्रचण्डलाई फर्काए यस्तो कडा जवाफ, नेकपाभित्र खैलाबैला

पूर्वराजालाई चेतावनी दिएपछि कमल थापाले प्रचण्डलाई फर्काए यस्तो कडा जवाफ, नेकपाभित्र खैलाबैला

Posted in राजनीति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमला थापाले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सिसाको घरमा बसेर ढुंगा नहान्न चेतावनी दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले रामेछाप पुगेर पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुन दरबारबाट निकाल्ने चेतावनी दिएलगत्तै राप्रपा अध्यक्ष थापाले प्रचण्डलाई सो चेतावनी दिएका हुन् । सुनकोसी नदीमा बनेको पक्की पुल उद्घाटन गर्न आइतबार रामेछाप पुगेका प्रचण्डले ज्ञानेन्द्रले बकबक गरेको भन्दै नारायणहिटीबाट जस्तै गरी नागार्जुनबाट पनि निकाल्ने चेतावनी दिएका थिए । प्रचण्डले शाहलाई चेतावनी दिएको ५ घण्टा नबित्दै राप्रपा अध्यक्ष कमल थापाले सामाजिक सञ्जाल ट्वीट मार्फत प्रचण्डलाई ‘सीसाको घरमा बसेर जनयुद्धकालीन भाषा नबोल्न’ चेतावनी दिएका हुन् । उनले पदिय मर्यादा विपरित हाँस्यास्पद अभिव्यक्ति नद
राजाको गुलामी गर्ने दलालहरु अहिले सिस्टम नै फेर्नु पर्छ भन्दै हिँडेका छन् : प्रचण्ड

राजाको गुलामी गर्ने दलालहरु अहिले सिस्टम नै फेर्नु पर्छ भन्दै हिँडेका छन् : प्रचण्ड

Posted in राजनीति
रामेछाप । नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले राजा महाराजको गुलामी गर्ने दलालहरुले अहिले सरकार हैन सिस्टम नै फेर्नु पर्छ भनेर जनता माझ गलत कुराको प्रचार गर्दै हिड्न थालेको आरोप लगाउनुभएको छ । ११ वर्ष अघि निर्माण कार्य सुरु भई हालै सम्पन्न भएको सिन्धुली रामेछाप जोड्ने खैरेनीघाटको पक्की पुल उद्घाटन सत्रलाई आइतबार संवोधन गर्दै अध्यक्ष दाहालले निर्वाचन भएको दुई वर्ष नपुग्दै जिन्दगी भरी तानाशाही र दलालीको चाकडी गर्नेहरु संघिय लोकतान्त्रिक गणतन्त्रलाई नै खतरामा पर्ने गरी अहिले गलत प्रचारमा लागेको आरोप लगाउनु भएको हो । गाउँको विकास नचाहानेहरुले त्यस्तो बकपास बोलेर हिडे पनि सात दशक लगाएर हजारौ जनताको बलीदानीबाट आएको परिवर्तन कुनै पनि हालतमा परिवर्त नहुने पनि दाहालले ठोकुवा गर्नुभयो । जनताको भावना अनुसार आएको संविधानको मूल मर्म नै परिवर्तन गरेर सिस्टम नै परिवर्तन गर्नु पर्छ भनेर द
एकाएक भ्रमण छोट्याएर किन नेपाल फर्किए प्रचण्ड ?

एकाएक भ्रमण छोट्याएर किन नेपाल फर्किए प्रचण्ड ?

Posted in राजनीति
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड दुबईको पाँच दिने पारिवारिक भ्रमण पुरा गरी शनिवार राति स्वदेश फर्किएका छन्। साउन १४ गते मंगलवार परिवारका सदस्यहरुसहित दुबई भ्रमणमा गएका अध्यक्ष प्रचण्ड शनिबार स्वदेश फर्किएका हुन्। पत्नी सीताले लामो समयदेखि दुबई घुम्न जाने इच्छा राखेका कारण उनको इच्छा अनुसार अध्यक्ष प्रचण्ड दुबई गएको प्रचण्डको सचिवालयले जनाएको छ। प्रचण्डसहित छोरीहरु रेणु र गंगासँगै नाति नातिनी पनि त्यसतर्फ गएका थिए। सीता लामो समयदेखि बिरामी छिन्। अध्यक्ष दाहलले उनको सिंगापुरमा लामो उपचार गराएका थिए। त्यसपछि नेपालमै पनि सीता प्राकृतिक उपचार गरिएको थियो। श्रीमती दाहालमा प्रेसर, सुगर लगायतका समस्या छन्। प्रचण्ड एकाएक भ्रमण छोट्याएर किन नेपाल फर्किए त भन्ने कुराले नेपाली राजनीतिमा चिन्ता लिनेहरुले अर्थपुर्ण रुपमा हेरीरहेका छन् । प्रचण्ड
मन्त्रीका पत्नी र छोराछोरी समेतलाई छुट्टै सरकारी गाडी भएपछि…

मन्त्रीका पत्नी र छोराछोरी समेतलाई छुट्टै सरकारी गाडी भएपछि…

Posted in राजनीति
जनकपुरधाम : पदकाे दुरूपयाेग गरी अनाैठाे कार्य गरेर सबैलाई चकित बनाउने काम नेपाल धेरै हुन्छ । बाह्य दुँनियाकाक लागि अनाैठाे भएपनि नेपाली जनताका लागि भने एउटा संस्कार जस्ताे भैसकेकाे छ । अब यहाँ अनाैठाे त्यतिबेला हुन्छ जब कुनै नेता कर्मचारी वा अन्य व्यक्तिले कुनै कानून संगत राम्राे काम गरिदियाे भने । २ नम्बर प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा सवारीसाधनको चरम दुरुपयोग भइरहेको पाइएको छ । भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले नै सरकारी गाडीको दुरुपयोग गर्ने गरेका छन् । मन्त्री सोनलले २ वटा ४ पांग्रे गाडी प्रयोग गरिरहेका छन् । एउटा सरकारी गाडी उनी आफैं चढ्ने गर्छन् भने अर्को सरकारी ४ पांग्रे गाडी मन्त्री सोनलका पत्नी र छोराले चढ्दै आएका छन् । २०७५ मंसिर २१ गते मन्त्रालयको अभिलेखमा दाखिला गराइएको ज१झ ४३४ नम्बरको सेतो प्लेटको सफारी स्टोर्म मन्त्री सोनलले आफैं चढिरहेका छन् ।