अर्थ

आज पनि घट्यो सुनको भाउ

आज पनि घट्यो सुनको भाउ

Posted in अर्थ
ताजा समाचार । २७ असोज, काठमाडौं : साताको दोस्रो दिन आज सोमबार पनि सुनको भाउ घटेको छ । हिजो आइतबार ७० हजार १ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ सय रुपैयाँले घटेर ७० हजारमा झरेको छ । तेजावी सुन पनि आज तोलामा १ सय रुपैयाँले घटेर ६९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । चाँदीको भाउ भने आज पनि स्थिर छ । चाँदी प्रतितोला ८४५ रुपैयाँमा किनबेच भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार १५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ५९ हजार ७६० र प्रति १० ग्राम चाँदीको मूल्य ७२४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।
दशैं सकिनसाथ घट्न थाल्यो सुनको मूल्य, हेर्नुहोस् आजको भाउ

दशैं सकिनसाथ घट्न थाल्यो सुनको मूल्य, हेर्नुहोस् आजको भाउ

Posted in अर्थ
ताजा समाचार । २७ असोज, काठमाडौं : दशैं सकिएलगत्तै सुनको मूल्य ओरालो लाग्ने क्रम सुरु भएको छ । कोजाग्रत पूर्णिमाको दिन अघिल्लो दिनको तुलनामा सुनको भाउ प्रतितोला तीन सयले घटेको थियो । सोमबार (आज) भने एक सयले घटेर प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ६९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि चाँदीको मूल्य भने स्थिर रहेको छ । प्रतितोला ८ सय ४५ रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।
सीको सुरक्षामा खटिनेलाई खाजा खर्चबापत डेढ करोड बाँडिँदै

सीको सुरक्षामा खटिनेलाई खाजा खर्चबापत डेढ करोड बाँडिँदै

Posted in अर्थ
ताजा समाचार । २७ असोज, काठमाडौं : चिनियाँ राष्ट्रपति सी जिनपिङको राजकीइ भ्रमण सुरक्षा र कार्यक्रम व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र कर्मचारीले खाजा खर्चबापत दैनिक ३०० रुपैयाँ भत्ता पाउने भएका छन्। विशेष सुरक्षा कार्ययोजनाअनुसार तैनाथ सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र निजामती कर्मचारीका लागि विधि शीर्षकअन्तर्गत दैनिक ३०० रुपैयाँका दरले तीन दिनको खाजा खर्च दिन लागिएको समाचार कान्तिपुर दैनिकमा छ। सीको सुरक्षामा चारै सुरक्षा निकाय र कर्मचरी गरी करिब १६ हजार जनशक्ति तैनाथ गरिएको थियो। सरकारले १६ हजार जनशक्तिका लागि खाजा खर्च उपलब्ध गराए करिब डेढ करोड रुपैयाँ भुक्तानी दिनुपर्ने हुन्छ।
घर किन्न वा बनाउनको लागि कर्जा लिँदै हुनुहुन्छ ? (हेर्नुस् बैंकमा आबश्यक पर्ने डकुमेन्टहरु)

घर किन्न वा बनाउनको लागि कर्जा लिँदै हुनुहुन्छ ? (हेर्नुस् बैंकमा आबश्यक पर्ने डकुमेन्टहरु)

Posted in अर्थ, जानकारी
बैंक तथा वित्तीय संस्थाले निश्चित मापदण्डभित्र रहेर घरजग्गा गरिद तथा निर्माणका लागि कर्जा प्रदान गर्ने गर्दछन् । यसका लागि निश्चित प्रक्रिया पुरा गर्नुपर्दछ । व्यक्तिगत प्रयोजनको घरजग्गा खरिद तथा निर्माणका लागि प्रवाह गरिने कर्जामा बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले सीमा निर्धारण गरेको छ । यसअनुसार उपत्यकाभित्र घर कर्जा प्रवाह गर्दा धितो सम्पत्तिको मूल्यांकनमा मार्केट भ्यालुको ५० प्रतिशत र उपत्यकाबाहिर ६० प्रतिशतसम्म लगानी गर्न पाउनेछन् । कर्जा तिर्ने आधार राम्रो भए प्रिमियम ब्याजदरमा मोलमोलाई गर्न सकिन्छ भने सेवा शुल्कमा पनि मोलमोलाई गरेर खर्च घटाउन समेत सकिन्छ । कर्जा प्रक्रियाका लागि आवश्यक कागजातहरु बैंक मार्फत कर्जा लिनका लागि ग्राहकले आफ्नो अचल सम्पत्ति धितोबन्धक राख्नुपर्ने हुन्छ । त्यसका अतिरिक्त ऋणी तथा व्यक्तिगत जमानत बस्नेको नियमित आम्दानीको श्रोत हुन जरुरी छ भने एक बर्
मोदी सरकारलाई विश्व बैंकको अर्को झट्का

मोदी सरकारलाई विश्व बैंकको अर्को झट्का

Posted in अर्थ
एजेन्सी । २६ असोज २०७६, काठमाडौं । आर्थिक मन्दीबाट थला पर्दै गरेको भारतीय अर्थतन्त्रले फेरी पनि बिश्वास गुमाउने भएको छ । विश्व बैंकको पछिल्लो प्रतिवेदनले नराम्रो झट्का दिएसंगै यस्तो अवस्था सिर्जना हुने अनुमान गरिएको हो । विश्व बैंकले अब भारतको विकास दरको अनुमान घटाउँदै ६ प्रतिशत मात्र हुने जनाएको छ । सन् २०१८/०१९ मा भारतको आर्थिक बृद्दीदर ६.९ प्रतिशत रहेको थियो। तर, चालु आर्थिक वर्षमा भने त्यो दर कायम नरहने अनुमान साउथ एशिया इकोनोमिक फोकसको पछिल्लो सस्करणमा उल्लेख गरेको छ । मोदी सरकारको टाउको दुख्ने गरि बिश्व बैंकले जारिगरेको यो लगातार दोस्रो प्रतिवेदन हो । विश्व बैंकले लगातार दुई वर्ष भारतको अर्थतन्त्रमा गिरावट आएको जनाऊदै यस्तो रिपोर्ट सार्वजनिक गरेको हो । सन् २०१७/०१८ मा ७.२ प्रतिशत रहेको आर्थिक बृद्दी सन् २०१८/०१९ मा ६.९ रहेको थियो। त्यसो यसअघी नै क्रेडिट रेटिंग एजेन
दशैं सकिनै लाग्दा सुनको मूल्यमा ओरालो लाग्न सुरु, यस्तो छ आजको मुल्य

दशैं सकिनै लाग्दा सुनको मूल्यमा ओरालो लाग्न सुरु, यस्तो छ आजको मुल्य

Posted in अर्थ
काठमाडौं । दशैं सकिनै लाग्दा सुनचाँदीको मूल्य पनि घट्न थालेको छ । साताको पहिलो दिन आइतबार सुन प्रतितोला तीन सय रुपैयाँले घटेको छ । गत शुक्रबार ७० हजार ४ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाला सुनको भाउ आइतबार तोलामा तीन सय रुपैयाँले घटेर ७० हजार १ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन पनि तोलामा ३ सय रुपैयाँले घटेर ६९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी भने गत शुक्रबारकै मूल्य प्रतितोला ८४५ रुपैयाँमा किनबेच भइरहेको छ । र यो पनि पढ्नुहोस् हातमा लगाइएको सुनले ल्याउँछ दुर्भाग्य, थाहा पाउनुस् सुनसँग जोडिएका १३ रोचक कुरा ज्योतिष शास्त्रका अनुसार प्रत्येक धातुले हामीमाथि प्रभाव पार्ने गर्दछ किनभने यो सबै सौर्यमण्डलमा रहेका ग्रहको खेल हो । हरेक धातुको एक विशेष ग्रहसँग सम्बन्ध हुन्छ । यी ग्रहले ती धातुलाई आफू अनुसार प्रभावित गर्ने गर्
के हो डेबिट र क्रेडिट कार्ड ? भिन्नता के के छन्, ग्राहकलाई कुन फाइदा ?

के हो डेबिट र क्रेडिट कार्ड ? भिन्नता के के छन्, ग्राहकलाई कुन फाइदा ?

Posted in अर्थ, जानकारी
पछिल्लो समय नेपालमा पनि बैंक तथा वित्तीय संस्थाहरुले डेबिट तथा क्रेडिट कार्डको प्रयोग अत्याधिक रुपमा गरेको छ । डेबिट कार्डको प्रयोग धेरै भएको छ भने क्रेडिट कार्डको प्रयोग पनि क्रमश बढदै आएको छ । तर आम मानिसहरु डेबिट र क्रेडिट कार्ड भनेको के हो भन्ने बारेमा बुझाइ कम भएको पाइएको छ । आज हामी तपाइहरुलाई यी दुवै कार्डको बारेमा भिन्नता र कसरी प्रयोग गर्ने भन्ने विधिबारे जानकारी दिन गइरेका छौं । डेबिट कार्ड: डेबिट कार्ड भनेको प्लाष्टिक पेमेन्ट कार्ड हो, जसले बैंकको खाताबाललाई आफ्नो खातामा इलेक्ट्रोनिक पहुँच उपलब्ध गराउँदछ । उक्त कार्डबाट खाताबालले आफ्नो खातामा भएको रकमबाट रकम निकाल्ने तथा खरिदमा भुक्तानी गर्न सक्दछ । अहिले बिभिन्न देशहरूमा यस्तो कार्डको प्रयोग बढ्दो रुपमा छ, जसले चेकको प्रयोगलाई प्रतिस्थापन समेत गरेको पाईन्छ । यसको प्रयोग गरेर एटिएम (अटोमेटेड टेलर मेसिन) बाट नगद निकाल्न
घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

Posted in अर्थ
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य तालामा पाँच रुपैयाँ घट्दै प्रतितोला ७० हजार चार सय रुपैयाँमा झरेको छ । सुन दशैंअघि प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला आठ सय ४५ रुपैयाँमा झरेको छ । चाँदी दशैंअघि प्रतितोला आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चिनियाँ राष्ट्रपति सीको स्वागतमा बेहुलीझैँ सिँगारिएको काठमाडौंको सडक हेर्नुहोस भिडियोमा Subscribe our Channel for more Videos र यो पनि पढ्नुहोस् हातमा लगाइएको सुनले ल्याउँछ दुर्भाग्य, थाहा पाउनुस् सुनसँग जोडिएका १३ रोचक कुरा ज्योतिष शास्त्रका अनुसार प्रत्येक धातुले हामीमाथि प्रभाव पार्ने गर्दछ किनभने यो सबै सौर्यमण्डलमा रहेका ग्रहको खेल हो । हरेक धातुको एक विशेष ग्रहसँग सम्बन्ध हुन्छ । यी ग
चिनियाँ राष्ट्रपतिका लागि बुक गरिएको सोल्टी होटेलको भाडा कति ?

चिनियाँ राष्ट्रपतिका लागि बुक गरिएको सोल्टी होटेलको भाडा कति ?

Posted in अर्थ, ब्यानर न्यूज
काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङका लागि काठमाडौंको पाँचतारे होटल सोल्टी क्राउन प्लाजा पुरै रिजर्भ गरिएको छ। २ सय ८२ वटा कोठा भएको साेल्टी होटल सीको भ्रमणका लागि नेपाल सरकारले तीन दिनका लागि बुक गरेको छ । सुरक्षाका कारण होटेलमा अन्य सर्वसाधारणलाई बस्न नदिने गरी शुक्रबारदेखि आइतबारसम्मका लागि सबै कोठा बुक गरिएको हो । बुक गरिएका २ सय ८२ वटा कोठामा चिनियाँ राष्ट्रपतिसँग आउने प्रतिनिधिमण्डल मात्र बस्नेछन्। उनीहरूको सुरक्षालाई ध्यानमा राख्दै होटलमा रहेका उपहार पसलहरू पनि बन्द हुने भएको छ। सोल्टी होटेलमा एउटा कोठाको एक दिनको करिब १५ हजार रुपैयाँ तिर्नुपर्छ । जसअनुसार सबै कोठाको तीन दिनको भाडा लगभग एक करोड २७ लाख रुपैयाँ होटेललाई तिर्नुपर्ने हुन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपतिलाई रात्रिभोजसमेत सोल्टी होटेलमै दिनेछिन् । होटलले उच्च पदस्थका लागि पहिल्यै बुक भ
गोर्खा ब्रुअरीको टुवोर्ग क्यान वियर गुणस्तरहीन रहेको खुलासा

गोर्खा ब्रुअरीको टुवोर्ग क्यान वियर गुणस्तरहीन रहेको खुलासा

Posted in अर्थ, स्वास्थ्य
काठमाडौं । काल्सवर्ग, टुवोर्ग, गोर्खा लगायत वियर उत्पादन गर्ने कम्पनी गोर्खा ब्रुअरी प्रा.लि.को करछली प्रकरण सँगै अर्को कर्तुत खुलेको छ। नेपाल गुणस्तर तथा नापतौल विभागले गरेको अनुगमबाट गोर्खा ब्रुअरीको उत्पादन टुवोर्ग वियर गुणस्तरहिन भएको भेटिएको हो। विभागका महानिर्देशक विश्ववावु पुडासैनीका अनुसार, विभागले गत बैशाख ६ गते गोर्खा ब्रुअरीको नवलपरासीस्थित उद्योगमा अनुगमन गरि नमुना संकलन गरेर परिक्षण गरेको थियो। परीक्षणका क्रममा ५ सय एमएलको टुबोर्ग स्ट्रोङ क्यान वियर गुणस्तरहिन भएको भेटिएको हो। ‘परीक्षणका क्रममा क्यान वियरको एलसी पर्सेन्टको मान नेपाल गुणस्तर २३ अनुरुप नभएको पाइएको छ,’ महानिर्देशक पुडासैनीले भने, ‘अर्कातिर लेभलमा ५ दशमलव ५ प्रतिशत अल्कोहलको मात्रा रहेको लेखिएको टुबोर्ग बियरको बोतलको परीक्षण गर्दा ४ दशमलव ५ प्रतिशत भन्दा कम पाइएको छ। अल्कोहलको प्रतिशत कम भएकाले गुण